गण्डकी प्रदेश यु–१६ टिम सार्वजनिक : बन्द प्रशिक्षण शुरु

0Shares

प्रदेश क्रिकेट संघ, गण्डकीले १६ वर्ष मुनिको प्रदेशका खेलाडीहरुको नाम सार्वजनिक गरेको छ । हालै सम्पन्न छनौंट क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरुलाई टोलीमा समावेश गर्दै उनीहरुको नाम सार्वजनिक गरिएको हो । टोलीमा नवलपुरका ६, कास्कीका ६, स्याङजाका ४, पर्वत र तनहुँका ३÷३ तथा बाग्लुङका २ खेलाडी पर्न सफल भएका छन् ।

नवलपुरबाट टोलीमा पर्ने खेलाडीहरुमा समिर न्यौपाने, जितेन्द्र पुन, समिर रोक्का, शैलेस काफ्ले, सुजन अर्याल र सुशिल भुषाल रहेका छन् । कास्कीका सुरज अधिकारी, अंकित गजुरेल, अनिष रावत, रिदम पाण्डे, राज परियार र सोनु यादव टिममा परे । त्यस्तै, स्याङजाबाट भुवन भट्टराई, प्रकाश खनाल, करण गैह्रे र अभिषेक भट्टराई छनौंट हुन सफल भए ।

पर्वतबाट प्रतिक रावल, क्रिस कुँवर र विनय कार्की, तनहुँबाट सुप्रिम सुनार, रोज श्रेष्ठ र बरदान यादव तथा बाग्लुङबाट आर्य प्रसिद्ध नेपाल र रमित कँडेल गण्डकीको यु–१६ टिममा पर्न सफल भएका हुन् । उनीहरुलाई बन्द प्रशिक्षणमा राखेर प्रशिक्षकद्वय रिजन प्रजु र दीपेश खत्रीले प्रशिक्षण दिन शुरु गरेका छन् । बन्द प्रशिक्षणबाट उत्कृष्ट १४ खेलाडी छनौंट गरि जेष्ठ २० देखि सुर्खेतमा हुने राष्ट्रिय प्रतियोगिता पठाइने संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *