गायक निशान र मोडल ऋचाले गरे डिभोर्स

0Shares

नेपाल आइडल पहिलो सिजनका फर्स्ट रनअरप एवम् चर्चित गायक निशान भट्टराई र मोडल  ऋचा न्यौपानेले डिभोर्स गरेका छन्। अदालतमै पुगेर बिहे गरेका उनीहरूबीचको सम्बन्धमा समस्या आएपछि गत चैत ७ गते डिभोर्स भएको हो। जिल्ला अदालतका न्यायाधीश विश्वनाथ भट्टराईको इजलासमा यी दुई कलाकारको सम्बन्धबिच्छेद भएको हो। अदालतले सम्बन्धविच्छेदका लागि दिइएको निवेदनमा आदेश जारी गर्दै मिलापत्रमार्फत टुंग्याइदिएको हो। 

अदालतले पत्नीबीचको सम्बन्धविच्छेद हुनेगरी मिलापत्र गर्न सहमत भई दुवै पक्षले सहीछाप गरेकाले मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ बमोजिम प्रस्तुत मिलापत्र प्रमाणित गरिदिएको छ। उनीहरूले दुई वर्ष लामो प्रेम सम्बन्धलाई उनीहरूले २०७७ साउन २७ गते काभ्रे जिल्ला अदालतमा पुगेर कानुनी बिहे गरेका थिए।त्यसबेला नेपाल बार एशोसियसन काभ्रेका पूर्वअध्यक्ष अधिवक्ता रमेश हुमागाईंले निशान र ऋचाको कानुनी बिहे गराइदिएका थिए। प्रेम सम्बन्धमा रहेका बेला निशानले ऋचासँग ‘लाहुर जाने रेल’ बोलको गीतमा अभिनय पनि गरेका थिए।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *