जनप्रिय बहुमुखी क्याम्पसमा अतिरिक्त क्रियाकलाप तथा खेलकुद प्रतियोगिता सुरु

0Shares

त्रिभुवन विश्वविद्यालयअन्तर्गत जनप्रिय मार्ग, सिमलाचौरस्थित जनप्रिय बहुमुखी क्याम्पसमा आफ्नो ३४ औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा विभिन्न अतिरिक्त क्रियाकलाप तथा खेलकुद कार्यक्रम औपचारिक रूपमा सुरु भएको छ । क्याम्पस मैदानमा छात्र–छात्रा भलिबल प्रतियोगिता शुरु गर्नु अगाडी सञ्चालक कृष्ण प्रसाद त्रिपाठीले क्याम्पस सञ्चालक समितिका अध्यक्ष एवं प्रमुख अतिथि बिरेन्द्र नारायण बिजुक्छेलाई बल हस्तान्तरण गनुभएको थियो । प्रमुख अतिथिले रेफ्रिलाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गर्नुभएको हो ।

पठनपाठनसँगै विद्यार्थीहरूको सिर्जनशीलता र प्रतिभा अभिवृद्धि गर्ने उद्देश्यले विविध प्रतिस्पर्धात्मक कार्यक्रम सञ्चालन गर्न लागिएको हो । भलिबल प्रतियोगितालाई सुरुवाती कार्यक्रमका रूपमा चयन गरिएको क्याम्पसले जनाएको छ । प्रतियोगितामा छात्र÷छात्रा टेबलटेनिस, छात्र/छात्रा बास्केटबल, बुद्धिचाल, चित्रकला, हाजिरजवाफ, कविता, वक्तृत्वकला, निबन्ध, नृत्य लगायतका कार्यक्रमहरु रहेका छन् ।

अतिरिक्त क्रियाकलाप संयोजक गोपाल प्रसाद बरालको सभापतित्वमा सञ्चालन भएको उद्घाटन कार्यक्रमपछि वार्षिकोत्सव अन्तर्गतका गतिविधिहरू केही दिनसम्म निरन्तर सञ्चालन हुनेछन् ।उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई क्याम्पस स्तरमै सम्मान तथा पुरस्कार प्रदान गरिने क्याम्पसले जनाएको छ ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *