नेपालीहरुको महान चाड विजया दशमी नजिकिदै गर्दा पोखराको नागढुंगा आमा समुहले टोल सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । समुहले बिहीबार आयोजना गरेको सरसफाई कार्यक्रममा समुहमा आवद्ध सदस्य तथा अन्य टोलवासीको सहभागिता रहेको थियो । उनीहरुले समुहको भवनदेखि झण्डै ३ सय मिटर वरपर सरसफाई गरेका थिए ।

‘वर्षाको मौसममा झाडि पलाएको, वरपर पानी जमेको, नाला तथा ढल लगायतमा फोहोर जमेको थियो, यसले डेंगु संक्रमण समेत फैलाउन सक्ने भएकाले सरसफाई कार्यक्रम आयोजना गरेका हौं’–समुहका अध्यक्ष कमल केसीले बताउनुभयो । समुहले वर्षेनी दशैंका अवसरमा यस्तो कार्यक्रम गर्दै आएको उहाँको भनाई छ ।

सरसफाई कार्यक्रममा सहभागि नागढुंगा आमा समुहका पदाधिकारीहरु
