पोखरा महानगरपालिका वडा नम्बर ३ नदिपुर
यस वडा नम्बर ३ मा पेशा व्यवसाय गरी बसेकाले समयमानै आफ्नो पेशा व्यवसाय दर्ता नवीकरण गरी दिनुहुन हार्दिक अनुरोध गर्दछौं ।
यस वडाभित्र वातावरण प्रदूषण हुने गरी कबाडी व्यवसाय एवं मोटरसाइकल वर्कशप सञ्चालन गरेको भए तत्कालै स्थान्तरण गर्न हुन जानकारी गराइन्छ ।
आफ्ना बालबालिकाहरूलाई समयमानै सामुदायिक विद्यालयहरूमा भर्ना गराई सिट सुरक्षित गर्नुहुन सम्पूर्ण वडावासीहरूलाई जानकारी गराइन्छ ।
घर वरपर सडक पेटी समेत सफा राखौं । फोहोरको गाडी आउँदा मात्र घर बाहिर फोहोर निकाली गाडीमा राख्ने गरौं ।
गर्मीको समयमा घर वरपर भाँडाकुँडा, खाल्टाखुल्टीमा पानी जम्न नदिउँ । लामखुट्टे। डेङ्गु जस्ता महामारीबाट आफू पनि बचौं अरुलाई पनि बचाउँ ।
नेपालकै दोस्रो ठूलो सहर पोखरा महानगरपालिकाको बासिन्दा भई सभ्य नागरिक, भव्य नागरिकको परिचय दिउँ । हाम्रो सहर सुन्दर सहर को पहिचान बनाउँ ।
