नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीद्धारा भूकम्प प्रभावितलाई सहयोग गर्न आग्रह

0Shares

जाजरकोट जिल्लाको नलगाड नगरपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पले झण्डै १ सय ५० बढिको ज्यान गएको छ । थुप्रै घरहरु ध्वस्त भएका छन् । अधिकांश घर पूर्णरुपमा र केही घर आंशिक रुपमा क्षति भएपछि त्यहाँका नागरिक घरबारविहीन भएका छन् ।


यसैविच नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशले मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुका शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ । साथै संघले आफु अन्तर्गत गण्डकी प्रदेशभरीका जिल्ला नगर उद्योग वाणिज्य संघहरु, उद्योगी, व्यवसायी लगायत व्यवसायीक संघसंस्थाहरुलाई राहत कार्यक्रममा सहयोग पुर्याउन आग्रह गरेको छ । संघका अध्यक्ष अमृत भट्टचनद्धारा हस्ताक्षरित विज्ञप्तीमा यस दुःखद घडीमा पिडितहरुको शिघ्र उद्धार तथा राहत पुर्याउन नेपाल सरकार समक्ष अनुरोध गरिएको छ ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *