नवरात्रको पाचौँ दिन : आज पनि कुष्माण्डा देवीकै आराधना गरिँदै

0Shares

नवरात्रको आज पाचौँ दिन । तिथिको घटबढले आज पनि कुष्माण्डा देवीको पूजा आराधना गरिँदैछ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज पनि आश्विन शुक्ल चौथी तिथि वृद्धि भएकाले नवरात्रमा गरिने दुर्गा पूजाको विधि अनुसार कुष्माण्डा देवीकै पूजा आराधना गर्नुपर्ने जनाएको हो ।

आज बिहान ६.१६ बजेसम्म चौथी तिथि रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिनुभएको छ । तसर्थ आज पनि दुर्गा पूजाको विधि अनुसार कुष्माण्डा देवीकै पूजा, आराधना गर्नुपर्ने शास्त्रीय विधि रहेको उहाँले बताउनुभयो । आइतबार पनि दिनरात अर्थात् ६० घडी नै चौथी तिथि रहेको उहाँको भनाइ छ ।

हुनत, घटस्थापनाबाट आज पाँचौँ दिन हो । तर तिथि वृद्धि भएकाले चौथीकै पूजा कर्म आज पनि गर्नुपर्छ । नवदुर्गामध्येकी पाँचौँ देवी स्कन्दमाताको पूजा, आराधना भने आश्विन शुक्ल पञ्चमीमा सूर्योदय हुने मङ्गलबार गर्नुपर्ने जनाइएको छ ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *