पोउवा संघका अध्यक्ष कार्की तथा पूर्वअध्यक्ष पालिखे चीन प्रस्थान

0Shares

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की तथा पूर्वअध्यक्ष विश्वशंकर पालिखेले नेपाल तथा जनवादी गणतन्त्र चीनबीच दौत्य सम्बन्ध स्थापनाको ७० औं वार्षिकोत्सवको विशेष समारोहमा सहभागिता जनाउने भएका छन् । सो समारोहमा सहभागिता जनाउन अध्यक्ष कार्की तथा पूर्वअध्यक्ष पालिखे मंगलबार हिमालय एयरलायन्सको विमानबाट तिब्बत प्रस्थान गरेका हुन् ।

अध्यक्ष तथा पूर्वअध्यक्षलाई पोखरा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष तथा उद्योगतर्फका उपाध्यक्ष दीनेशचन्द्र बास्तोला,वाणिज्यतर्फका उपाध्यक्ष बलराम आचार्य,महासचिव शोभा गौतम,कोषाध्यक्ष मनोज श्रेष्ठ,उपमहासचिव सुदीप प्रधानाङ्ग तथा कार्यसमिति सदस्य जीवन श्रेष्ठलगायतले विदाइ गरे ।  चीनको स्वशासित क्षेत्र तिब्बतले कुटनीति सम्बन्ध स्थापनाको ७० औं वार्षिकोत्सवको अवसरमा  विशेष कार्यक्रम आयोजना गर्न लागेको हो । अध्यक्ष तथा पूर्वअध्यक्षको एकहप्ते सो भ्रमण दलको नेतृत्व चाहिँ गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गरेका छन् ।

पोउवा संघकी महासचिव शोभा गौतमका अनुसार अध्यक्ष कार्की तथा पूर्वअध्यक्ष पालिखेले चीन भ्रमणका क्रममा द्विपक्षीय व्यापार बृद्धि, पर्यटन प्रवद्र्धन एवं नेपालमा चिनियाँ लगानी भित्र्याउनका निम्ति विभिन्न सरोकारवाला निकायहरुसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *