पोखराका भेट्रान्स खेलाडीहरुको रेंकिङ गरिने टेनिस प्रतियोगिता शुरु

0Shares

कास्की जिल्ला टेनिस संघको आयोजना तथा प्याराडिसो स्पोर्ट बारको सहयोगमा पोखरामा आजदेखि कास्की भेट्रान्स सिंगल तथा डबल्स टेनिस प्रतियोगिता शुरु भएको छ । संघ कास्कीका अध्यक्ष राजकुमार गुरुङ र प्याराडिसोका सञ्चालक गोपीबहादुर भट्टराईले अफिसियल सन्दिप विकलाई टेनिस बल हस्तान्तरण गर्दै प्रतियोगिताको शुरुवात गरे ।

खेलको नतिजाबाट कास्कीका भेट्रान्स खेलाडीहरुको रेंकिङ समेत गरिने भएकाले यो प्रतियोगिताको विशेष महत्व रहेको आयोजक संघ कास्कीका अध्यक्ष राजकुमार गुरुङले बताउनुभयो । टेनिसतर्फ भेट्रान्स खेलाडीहरु आकर्षण बढ्दै गएको अवस्थामा उनीहरुको खेल कौशल बढाउन यस्ता प्रतियोगिताहरु सञ्चालन भइरहनुपर्ने सहयोगी गोपीबहादुर भट्टराईको भनाई छ । प्रतियोगितामा सिंगलतर्फ १६ जना र डबल्सतर्फ १२ टिमको सहभागिता रहेको टुर्नामेण्ट डाइरेक्टर प्रदीप खड्काले जानकारी दिनुभयो ।


प्रतियोगिको पहिलो दिन सिंगलतर्फ राज गुरुङले राजकुमार गुरुङलाई ६–४, ६–३ ले, प्रकासराज वाग्लेले दुर्गा सुनारलाई ६–४, ३–६ र सुपरटाईमा १०–५ को प्रतिस्पर्धात्मक खेलमा पराजित गरे । त्यसैगरि गोपी भट्टराईले हर्क गुरुङलाई ६–२, ६–१ ले, लक्ष्मण तामाङले पदम गुरुङलाई ६–२, ७–६ ले, धरमबहादुर लामिछानेले केबी लामालाई ४–६, ६–० र सुपरटाईमा १०–४ ले, शरण गुरुङले बिरेन्द्र लामालाई ६–२, ७–५ ले पराजित गरे । डबल्सतर्फ दोर्जे लामा र उज्वल तज्याको जोडीले प्रकासराज वाग्ले र इन्द्र गुरुङको जोडीलाई ७–६ र ६–३ ले पराजित गरेका छन् । प्रतियोगितामा विजयी हुने खेलाडीहरुले नगद सहित ट्रफि मेडल पुरस्कार प्राप्त गर्नेछन् ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *