माध्यमिक शिक्षा परीक्षा २०८१ (एसईई)मा पोखराका सामुदायिक विद्यालयका १८ जना विद्यार्थीले चार जीपीए ल्याएर उत्तिर्ण भएका छन् । पोखराका ८ सामुदायिक विद्यालयका १८ जनाले ४ जीपीए ल्याएर उत्तिर्ण भएका हुन् । पोखराको अमरसिंह माविका ५ जनाले यस वर्ष ४ जीपीए ल्याएर उत्तिर्ण भएका छन् । त्यस्तै, पोखरा–१३ स्थित भद्रकाली मावि र पोखरा–८ स्थित जनप्रिय माविका समान ४/४ जना विद्यार्थीले चार जीपीए ल्याएर उत्तिर्ण भएका हुन् ।
यसैगरी, ५ वटा सामुदायिक विद्यालयका एक/एक जना विद्यार्थी ४ जीपीए ल्याएर उत्तिर्ण भएका छन् । पोखरा–३ स्थित बाल मन्दिर मावि, पोखरा–१६ स्थित विन्ध्यबासिनी मावि बाटुलेचौर, पोखरा–१७ स्थित छोरेपाटन मावि, पोखरा–२१ निर्मलपोखरीस्थित जनचेतना मावि र पोखरा–३० स्थित गोगन माविका एक/एक जना विद्यार्थी ४ जीपीए ल्याएर उत्तिर्ण भएका हुन् । कास्कीमा जम्मा ६४ जनाले ४ जीपीए ल्याएका छन् ।
