बाराही माविले सेभेन ए साइड फुटवल खेलाउँदै, १५ विद्यालय सहभागी

0Shares

बाराही माध्यमिक विद्यालय पोखरा ५, मालेपाटन कास्कीले ६७ औं वार्षिकोत्सव र अभिभावक दिवसको अवसरमा क्लस्टर स्तरीय सेभेन ए साइड फुटबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । क्लस्टर स्तरीय यो प्रतियोगिता पहिलो पटक आयोजना हुन लागेको हो । कास्की जिल्लाका १५ वटा विद्यालयहरूले यसमा सहभागिता जनाउनेछन्। प्रतियोगिता मुख्यत विद्यार्थीहरूको खेलकुदमा रुचि र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गर्न लागेको विद्यालय प्रधानध्यापक शिव भण्डारीले जानकारी दिए ।

विद्यालयका विद्यार्थीहरूको खेलकुदमा अभिरुचि बढाउन र भविष्यका फुटबल खेलाडीहरूको खोजी गर्न महत्त्वपूर्ण अवसर हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निर्मल खत्रीले बताए । उनले प्रतियोगिताले विद्यार्थीहरूको क्षमता र उत्साहलाई नयाँ उचाइमा पुर्याउने बताए । प्रतियोगिताको आयोजना महत्त्वपूर्ण रहेको र यस प्रकारका खेलकुद प्रतियोगिताले विद्यार्थीहरूलाई शारीरिक र मानसिक रूपमा बलियो बनाउने वडा अध्यक्ष विष्णु प्रसाद बराल वताए । यसले उनीहरूको टोली भावना र प्रतिस्पर्धात्मक क्षमतामा वृद्धि पुर्याउँछ। यस आयोजक टोलीलाई म शुभकामना दिँदै पूर्ण समर्थन व्यक्त गर्नेछु भन्दै वडा अध्यक्ष बरालले बताए।

प्रतियोगितामा विजता टोलीले ३० हजार रुपैयाँ र द्वितीय हुनेले २० हजार ट्रफि, मेडल, प्रमाणपत्र प्राप्त गर्ने छन् । बाराही विद्यालयका खेलकुद संयोजक सुशील कसीका अनुसार प्रतियोगितामा बाराही माध्यमिक विद्यालय, छोरेपाटन माध्यमिक विद्यालय, जनप्रिय माध्यमिक विद्यालय, कालिका माध्यमिक विद्यालय, भद्रकाली माध्यमिक विद्यालय, नवप्रभात माध्यमिक विद्यालय लगायतका विद्यालयहरू सहभागी हुनेछन्।

प्रतियोगिता सम्पनन गर्न १ लाख ८५ हजार रुपैयाँ लाग्ने उनको अनुमान छ । वाराही माध्यमिक विद्यालयले कार्यक्रमको आयोजनाद्वारा विद्यार्थीहरूको खेलकुद क्षेत्रमा थप प्रगति गर्ने अवसर प्रदान गर्ने विश्वास व्यक्त गरेको छ र यसले राष्ट्रिय स्तरमा कास्की जिल्लाबाट फुटबल खेलाडीहरूको प्रतिनिधित्व गर्ने लक्ष्य राखेको छ। विद्यालयले प्रतियोगिताको खेलतालिका पनि सार्वजनीक गरेको छ । मंसिरको ९ देखी १३ गते सम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक बाराही मावि ए र ताल बाराही मावि बिच खेल हुनेछ ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *