भारतको महाराष्ट्रमा आगलागीमा परेर हुँदा ६ जनाको जलेर मृत्यु

0Shares

भारतको महाराष्ट्रमा एक भवनमा आगलागी हुँदा ६ जनाको जलेर मृत्यु भएको छ । भारतीय संचारमाध्यमहरुका अनुसार महाराष्ट्रको गोरेगाउँस्थित आजाद नगरमा रहेको यस साततले भवनमा शुक्रबार बिहान करिव ३ बजे भीषण आगलागी हुदाँ २ बालक, २ महिलासहित ६ जनाको मृत्यु भएको हो ।

भवनभित्र फसेका ३० जना बढीको उद्धार गरिएको छ । आगलागीबाट ४६ जना घाइते भएको भारतीय संचारमाध्यमले जनाएका छन् । गम्भीर घाइते ३९ जनाको विभिन्न अस्पताल उपचार भैरहेको जनाइएको छ ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *