लमजुङको सुपर दोर्दी ‘ख’ आयोजनाको गाडी नुवाकोटमा दुर्घटना

0Shares

काठमाडौंबाट लमजुङ आउदै गरेको लमजुङको सुपर दोर्दी ‘ख’ आयोजनाको गाडी नुवाकोटमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । पाँचजना घाइते भएका छन् । बा१४च ३८५४ नम्बरको गाडी नुवाकोटको शिवपुरी–८ काफलडाँडामा दुर्घटना हुँदा काठमाडौँका ५८ वर्षीय उपेन्द्र खनालको मृत्यु भएको प्रहरीले जानकारी दिए छ ।

तनहुँको व्यास नगरपालिका वडा–९ काजीफाँट घर भएको उनी हाल काठमाडौं बस्दै आएका छन् । गम्भीर घाइते खनालको उपचारका लागि काठमाडौं लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका गाडी चालक ४६ वर्षीय विश्वनाथ अधिकारी, ५२ वर्षीय रामशरण अधिकारी, ७६ वर्षीया हरिकला खनाल, ५१ वर्षीया गायत्री खनाल र ६३ वर्षीय चन्द्रनाथ शर्मा रहेका छन् ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *