विम्बल्डन टेनिसको दोस्रो चरणका खेलहरु आजबाट

0Shares

वर्षको तेस्रो ग्राण्डस्लाम विम्बल्डन टेनिसको दोस्रो चरणका खेलहरु बुधबारबाट हुँदैछन् । दोस्रो चरणको खेलमा बुधबार उपाधि दावेदार नोभाक जोकोभिचले अष्ट्रेलियाका जोर्डन थम्पसनको सामना गर्नेछन् । करियरमा किर्तीमानी २३ पटक ग्राण्डस्लाम उपाधि जितिसकेका जोकोभिच यसपटक २४ औं उपाधि जित्दै आफ्नो किर्तीमान सुधार्न चाहन्छन् ।

पुरुषतर्फ मंगलबारको खेलहरुमा विजयी हुँदै ब्रिटिश खेलाडीहरु एण्डी मरे र क्यामरुन नुरी तथा स्पेनको कार्लोस अल्काराज दोस्रो चरणमा पुगेका छन् । यस्तै, महिलातर्फ बुधबार उपाधि दावेदार पोल्याण्डकी खेलाडी इगा सिवाटेकले स्पेनकी सोरोबिस तोर्मोसँग खेल्नेछिन् ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *