पोखरा महानगर पालिका वडा नं. ३ नारायण स्थान स्थित श्री महर्षि गुरुकुल विध्याश्रमका विध्यार्थीहरूलाई ४० थान ट्रयाक सुट सेट वितरण गरेको छ । रत्न श्री जीमका दिवंगत प्रोपाटर श्री वकिलमान ( शंकर ) उदासको सुगति सहित मृतात्माको चिरशान्तिको कामना गर्दै छोरी सुभेच्छा , छोरा बुहारी सुबोध र अंशु उदासले ति सामग्रीहरू वितरण गरेका हुन् । सो अवसरमा पालिखे चोक स्थित पालिखे आईरनका प्रोपाईटर विक्रम पालिखेबाट सहयोगमा प्राप्त खेलकूदका सामानहरू पनि विद्यालयलाई ज्योति उदासबाट हस्तान्तरण गरियो ।

दाताहरूको शुभमंगलको कामना गर्दै वटुक विध्यार्थीहरूले स्वाति वाचनका साथ मंगल कामना पाठ गरे ।विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र पौडेलले दाता परिवारजनमा धन्यवाद सहित आभार प्रकट गर्नु भयो ।पोमनपा वडा नं . ३ का अध्यक्ष प्रकाशमान उदासले दिवंगत वकिलमान उदासको जीवनी माथी प्रकाश पार्नु भएको थियो ।
