अब लेकसाइड २४ सै घण्टा खुल्ला गर्न पाइने

0Shares

अबदेखि पोखराको लेकसाइडमा रहेका होटल रेष्टुरेण्ट लगायतले २४ सै घण्टा सेवा दिन पाउने भएका छन् । लेकसाइडलाई बन्द नगर्न उच्च अदालतले यस्तो आदेश दिएको छ । बुधबार उच्च अदालत पोखराले लेक साइड बन्द नगर्न आदेश दिएको हो । उच्च अदालत पोखराका न्यायाधीश राजन प्रसाद भट्टाईको एकल इजलासले सो आदेश दिएको हो ।

देवकुमारी बरालले दिनुभएको रिट निवेदनमा बुधबार सुनुवाइ गर्दै न्यायाधीश भट्टराईले कानून अनुसार व्यापार व्यवसाय गर्न रोक नलगाउन अन्तरिम आदेश जारी गर्नुभएको हो । यसअघि लेकसाइडका व्यवसायीहरुले लेकसाइड क्षेत्र २४ सै घण्टा खुलाउनुपर्ने माग गर्दै पटक पटक ज्ञापन पत्र बुझाएका थिए ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *