पोखरामा बजार अनुगमन , १ लाख १० हजारको माला जफत

0Shares

पोखरा महानगरपालिकाले प्लाष्टिकजन्य माला, फूल गुच्छाको उत्पादन आयात र बिक्री वितरणमा रोक लगाएको छ । महानगरपालिका उपप्रमुख एवं उपभोक्ता हित संरक्षण समितिका संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा सोमबार पोखराका १२ वटा पसलहरुमा अनुगमन गर्दै रोक लगाएको हो ।

महानगरले गत वर्ष पनि अनुगमन गरेर बिक्रीवितरण नगर्न अनुरोध गरेको थियो । गत वर्ष बिक्री वितरण नगर्न अनुरोध गरिएका ७ पसललाई कारबाही र ४० हजार जरिवाना गरिएको छ भने १ लाख ९ हजार ९ सय १० रुपैयाँ बराबरको फुलका माला जफत गरिएको सहकारी उद्योग शाखाका अधिकृत ऋषिराम सापकोटाले जानकारी दिए ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *