एनवाईईएफको नयाँ नेतृत्वलाई पोखरा उद्योग वाणिज्य संघको बधाइ

0Shares

पोखरा उद्योग वाणिज्य संघले नेपाली युवा उद्यमी मञ्च –(एनवाईईएफ)पोखराको नवनिर्वाचित कार्यसमितिलाई बधाइ ज्ञापन गर्दै उद्यमशीलता विकासमा सहकार्यको लागि आह्वान गरेको छ ।  एनवाईईएफ पोखराको वर्ष २०८२/०८३ को लागि समेज राजभण्डारीको अध्यक्षतामा निर्विरोध रुपले नयाँ कार्यसमिति चयन भएको छ । पोखरा उद्योग वाणिज्य संघ एनवाईईएफको संरक्षक हो ।

 नयाँ कार्यसमितिलाई बधाई ज्ञापन गर्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण काकीले युवाहरुलाई उद्यमी बन्नका लागि आह्वानमात्रै गरेनन्,कृषि एवं स्थानीय कच्चा पदार्थमा आधारित उद्योग संचालन गर्दै त्यसलाई पर्यटन उद्योगसँग जोड्न आग्रह गरे । कम्तिमा पर्यटकले उपयोग गर्ने खाद्यान्नदेखि अन्य सामग्री देशमै उत्पादन हुन सके त्यसले व्यक्तिगत लाभका अलावा कुल ग्राहस्थ उत्पादनमा योगदान गर्ने उनको भनाइ थियो । संघका निवर्तमान अध्यक्ष पवनकुमार प्रजापतिले आफूसँग भएको सीप र दक्षता उत्पादनशील क्षेत्रमा लगाउँदै रोजगारी सिर्जनामा पनि योगदान गर्ने गरी अगाडि बढ्न युवाहरुलाई आग्रह गरे । युवाहरु परम्परागत व्यवसायभन्दा माथि उठ्नुपर्ने पनि उनको सुझाव थियो ।सो अवसरमा संघका अध्यक्ष गोकर्ण कार्कीले एनवाईईएफका निवर्तमान अध्यक्ष इ. विशेष थापालाई सफल कार्यकालको लागि बधाइ ज्ञापन गर्दै मायाको चिनो प्रदान गरेका थिए ।  

एनवाईईएफ,पोखराका अध्यक्ष समेश राजभण्डारीले सहकार्य,सिर्जनशीलता र उद्यमशीलताबाट व्यक्तिगत तथा समाजलाई समृद्ध बनाउनु नै एनवाईईएफको उद्देश्य भएके बताए । उनले पोखरा उद्योग वाणिज्य संघसँगको सहकार्यमा उद्यमशीलता विकासका कार्यक्रम ल्याउने उद्घोष पनि गरे । बधाई तथा सम्मान कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघ तथा एनवाईईएफका पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *