काँग्रेस सहमहामन्त्री यादवमाथी खुकुरी प्रहार

0Shares

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ । रिपोर्टस क्लवमा आयोजित एक कार्यक्रममा सहभागि भएर फर्कने क्रममा श्याम सापकोटा नामका ब्यक्तिले यादवमाथि सांघातिक आक्रमण गरेका थिए । सापकोटाले उनलाई खुकुरी प्रहार गरेपछि राजतन्त्र जिन्दावाद, एमसीसि खारेज गर, भ्रष्टाचारी मुर्दावाद लगायतका नारा लगाएका थिए ।

उनलाई प्रहरीले नियन्त्रणमा लिइसकेपछि पनि उनी चिच्याउँदै थिए । खुकुरी प्रहारबाट घाइते यादवलाई उपचारका लागि तुरुन्तै हस्पिटल लगिएको थियो । गर्दन र टाउकोमा खुकुरी प्रहारपछि उनको ट्रमा सेन्टरको आईसीयूमा उपचार भइरहेको छ ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *