कोटीहोममा १२ जनाको सामुहिक व्रतवन्ध

0Shares

पोखरामा ऐतिहासिक श्री गण्डकी शतकुण्डीय कोटीहोम विराट् ज्ञान महायज्ञमा आज १२ जनाको सामुहिक व्रतवन्ध गरिएको छ भने शनिबार रक्तदान कार्यक्रम हुने भएको छ । आजको व्रतवन्धमा सहभागी सबैलाई सम्मानसमेत गरिएको छ । यस्तै महायज्ञमा विधिपूर्वक हवन पनि आजैबाट शुरु गरिएको छ । महायज्ञको यज्ञ मण्डपमा निर्माण गरिएको एक सय हवन कुण्डमा हवन शुरु गरिएको हो । बिहान ६ बजेर ४५ मिनेटमा विधिवत् रूपमा अग्नि मन्थन, ७ बजेर १५ मिनेटमा यज्ञ कुण्डमा अग्नि प्रवेश गराउने, ७ बजेर १९ मिनेटमा अग्निमा समिधा दान र ८ बजेर ५ मिनेटमा अग्नि कुण्डमा आहुति प्रदान गरी हवन कुण्डमा हवन सुरु भएको हो । हवन कार्य जेठ २६ गतेसम्म चल्नेछ ।

यज्ञका प्रमुख आचार्य लक्ष्मण भण्डारीका अनुसार १ सय वटा हवन कुण्डमा ३÷३ जना ब्राह्मणले कोटी होममा दिन दिनै भगवती गायत्री मन्त्र विधिबाट हवन गर्नेछन् ।कोटी होममा १०८ भागवत महापुराण पाठ परायण, ४ वेद पाठ परायण, सप्त चण्डी, अति रुद्री, मन्त्र जप लगायतमा ब्राह्मणले पाठ गर्ने छन् । हवन कुण्डको मूल मण्डपमा महायज्ञका सङ्कल्पकर्ता वाल योगेश्वर विजय श्रीकृष्ण मूर्तिजीका बुबा मनि राम भण्डारी र आमा जानका भण्डारी रहने छन् । भने अरू मण्डपमा ३/३ जना ब्राह्मणले नृत्य हवन गर्ने छन् ।

यज्ञका प्रमुख आचार्य लक्ष्मण भण्डारीका अनुसार होमन बिहान ८ बजेबाट सुरु भई ११ बजे सम्म चल्ने छ भने ११ बजे देखि १ बजेर १५ मिनेट सम्म विश्राम भई पुन ४ बजे सम्म हवन कार्य हुने छ । जेठ २६ गते सोमबार कोटिहोम महायज्ञको विधिवत् पूर्णाहुति गरी अभिषेक र महाप्रसाद ग्रहण गर्ने कार्यक्रम छ । उक्त हवन कुण्डमा इच्छुक व्यक्ति कर्ता बस्न सक्ने व्यवस्था पनि रहेको मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाले जानकारी दिए । उनका अनुसार हवन कुण्डमा कर्ता बस्नका लागि ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँको व्यवस्था गरिएको छ । हवन कुण्डमा बस्दा ब्राह्मणदेखि चाहिने पुरै सामग्री आयोजकले नै व्यवस्था गर्ने छ । यसैगरी शनिबारदेखि खुला भजन चुट्का प्रतियोगिता सुरु हुने भएको छ । उक्त भजन प्रतियोगितामा देशभरबाट करिब तीन सयको समूहले प्रतिस्पर्धा गर्ने खुला भजन चुट्का प्रतियोगिताका संयोजक प्रजापति पराजुलीले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुने समूहलाई तीन लाख ५५ हजार पाँच सय ५५, द्वितीय हुने समूहलाई दुई लाख ५५ हजार पाँच सय ५५, तृतीय हुने समूहलाई एक लाख ५५ हजार पाँच सय ५५ तथा सान्त्वना हुने दुई समूहलाई ६५/६५ हजार रहेको उनले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा विभिन्न ११ विधामा २५ हजार पाँच सय २५ रुपैयाँका दरले पुरस्कार रहेको छ ।
वैशाख १९ गते शनिबारका लागि पालो परेका सम्पूर्ण प्रतियोगीलाई प्रतियोगितामा सहभागी भइदिन उनले आग्रह गरे ।
हवन कुण्डको मूल मण्डपमा ब्राम्हणको पूजा विधिबाट महायज्ञका सङ्कल्पकर्ता वाल योगेश्वर विजय श्रीकृष्ण मूर्तिजी तथा उनका बुबा मणिराम भण्डारी र आमा जानका भण्डारीले विधिवत् रूपमा अग्नि मन्थन, अग्निमा समिदा दान र अग्नि कुण्डमा आहुति प्रदान गरी हवन शुरु भएको हो ।

कोटीहोममा आजदेखि भारतका चर्चित युवा दार्शनिक एवं कथा वाचक प्रशान्त कृष्ण परांकुशले राम कथा वाचन शुरु गरेका छन् । शुक्रबार पोखरा आइपुगेका उनले आजदेखि रामायाण कथा वाचन शुरु गरेका हुन् । उनले नौ दिनसम्म रामायण कथा वाचन गर्ने आयोजक मानव सेवा फाउण्डेशन तथा कोटीहोमका प्रचारप्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।
परांकुशले वैशाख २७ गतेसम्म पोखरामा रहने र रामायण कथा वाचन गर्ने जानकारी दिए । रामायण कथा पोखरेली भक्तलाई सुनाउन उत्साहित भएको उनले बताए । चित्र राम्रो नभइ चरित्र राम्रो बनाउनुपर्ने भन्दै उनले कसैले कसैको नराम्रो सोच्न नहुने बताए ।

साथै कथा वाचिका सुप्रिया क्रिशोरीले नित्य कथा वाचन गरिरहेकी छन् । १५औं दिनको कोटीहोममा नेपाल पत्रकार महासंघ जापान शाखाका सदस्य सगुन लम्साल, विश्व हिन्दू महासंघ भजन समूहका अध्यक्ष, आचार्य १००८ मोहानन्द गुरुजी महाराज, नेपाली सेनाका सेनानी रेशम कोइराला, पोखरा ७ वडाध्यक्ष राममोहन आचार्यसहित सदस्य तथा पोखरा ५ जनाप्रतिनिधिह र पूर्वनिर्वाचन आयुक्त नीलकण्ठ उप्रेती सहभागी थिए । उक्त अवसरमा भारतका महाकुम्भ मेलाका संकल्पकर्ता नीरञ्जनी पिठाधीश्वर १००८ आचार्य महामण्डलेश्वर स्वामी कैलाशानन्द गिरीजीले हरिहर मन्दिर अवलोकन गरेका छन् ।


Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *