जेसीआई नेपालको बिजनेस एकेडेमी २०२४ पोखरामा सम्पन्न

0Shares

जेसीआई नेपालको बिजनेस एकेडेमी, जेएनबीए–२०२४ पोखरामा सम्पन्न भएको छ । बिरौटास्थित पोखरा ग्राण्ड होटलमा सम्पन्न कार्यक्रममा देशभरका युवा व्यवसायी तथा पेशाकर्मीलाई समट्दै व्यवसायिक रणनीतिहरू, उद्धमशिलता बिकास बारे महत्वपूर्ण प्रशिक्षण प्रदान गरिएको थियो । चार दिने आवाशिय कार्यक्रमको गण्डकी प्रदेशका प्रमुख मानानीय डिल्लिराजले एक समारोहका विच उद्घाटन गर्नुभएको थियो । नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर रबिन पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा अन्र्तराष्ट्रिय प्रशिक्षक हिमाद्री शैलेन्द्र सिन्हा तथा सिए चेतना जैन सहित बेटवल जेसीजका पूर्व अध्यक्ष राजिब गौतमले देश भरीबाट सहभागी ६२ जना प्रशिक्षार्थीहरुलाई प्रशिक्षण गराएका थिए ।

सो प्रशिक्षणकै दौरान पोखराका प्रतिष्ठित ब्यवसायी गणेश बहादुर भट्टराई तथा प्रकास देव पालिखेले ‘फायारसाइड टक’ मार्फत ब्यवसायिक चुनौती र सम्भावना बारे अन्र्तक्रिया गरेका थिए । यस्तो कार्यक्रममा पहिलो पटक नेपालमा रहेका राष्ट्रिय अन्र्तराष्ट्रिय स्तरका कम्पनीहरु रारा चाउचाउका उत्पादक गण्डकी नुडल्स, भिजन नेपाल, हिमालयन लाईफ लगाएतका १० बिभिन्न व्यावसायी र प्रशिक्षार्थीहरु बिच बिजिनेस एक्स्चेन्ज मिट समेत आयोजना भयो ।

फरक शैलिको कार्यक्रमले समग्र नेपाल जेसीजको लागी पनि उक्त कार्यक्रमले फरक ब्राण्ड स्थापित गर्न सक्षम रहेको कार्यक्रमका मुख्य संयोजक पोखरा जेसीजका पुर्व अध्यक्ष सिनेटर किरण के.सी.ले बताउनु भयो । पोखरा जेसीजका अध्यक्ष देबराज शर्माले पोखरा जेसीजले स्वर्ण बर्ष प्रवेश गरेको अवसरमा बर्ष भरी बिभिन्न कार्यक्रमहरु गरी मनाउने लक्ष्य राखेकोमा यस कार्यक्रमले वास्तविक रुपमा आजको आवस्यकता अनुरुपको युवाहरुको क्षमता विकासको लागी महत्त्वपुर्ण भूमिका निर्वाह गर्ने उद्घोष गरे । नेपाल जेसीजका कार्यक्रमहरु मध्ये उत्कृष्ट ब्यवस्थापन सहित समय सान्दर्भिक बिषय समेटिएको हुदाँ सो प्रशिक्षणबाट युवाहरुको व्यवसायिक बिकास र सशक्तिकारणमा विषेश टेवा पुग्ने बताउदै नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष रबिन पोख्रेलले दिक्षित प्रशिक्षार्थीहरुलाई शुभकामना ब्यक्त गर्नुभएको थियो ।

चार दिनको उक्त कार्यक्रमबाट प्रत्यक्ष रुपमा लाभान्वित बनेका ६२ जना युवाहरुले यस कार्यक्रमबाट जिवनोपयोगी सिकाई भएकोमा खुशी व्यक्त गरेका छन् । नेपाल जेसीजको राष्ट्रिय कार्यक्रम बिजनेस एकेडेमीलाई सफल आतिथ्यता गरेको पोखरा जेसीज सन् १९७५मा स्थातिप भई स्थापनाकाल देखीनै युवा केन्द्रित कार्यक्रमलाई प्राथमिकतामा राख्दै सामाजिक आवश्यकतामा पनि अग्रसर रहँदै अएको छ ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *