चितवनस्थित नारायणी नदीमा पौडी खेल्ने क्रममा एक बालकको मृत्यु भएको छ । चैत २३ गते चितवनको भरतपुर महानगरपालिका १६ सानोगढी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका १२ वर्षीय सौगात तामाङ नदी किनारमा मृत फेला परेका हुन् ।
नदीको किनारमा शव फेला पारेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बालकका बुबा–आमाले मृतक बालक पौडी खेल्ने क्रममा बेपत्ता भएको र आफ्नो छोरा भएको भनेर सनखात गरेका छन् ।
नारायणीमा पौडी खेल्दा एक बालकको मृत्यु
