पोखरा जेसीजले वर्षैभरि विभिन्न कार्यक्रम गर्दै स्वर्ण जयन्ति मनाउने

0Shares

सामाजिक क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल पोखरा जेसीजले वर्षैभरि विभिन्न काम गरि स्वर्ण जयन्ति मनाउने भएको छ । पोखरा जेसीजद्वारा सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जेसीजको ५० औं वर्ष प्रवेश गरेको अवसरमा गरिने कार्यक्रमका बारेमा जानकारी दिएको छ । चैत्र २९ गते औपचारिक कार्यक्रमका साथ स्वर्ण जयन्ति समारोह शुरु गरिने छ । त्यसपछि वर्षैभरि विभिन्न कार्यक्रम गर्नका लागि विभिन्न उपसमितिहरु गठन गरिएको सो अवसरमा जानकारी दिइयो ।

पोखरा जेसिज २०२४ का अध्यक्ष देवराज शर्माले समाज परिवर्तन र युवालाई जागरुक बनाउने उद्घोषका साथ कार्यक्रम गर्न लागेको बताए । दिगो विकासका लागि युवा नेतृत्व भन्ने नाराका साथ २०३१ साल फागुन ३ गते स्थापना भएको जेसिजले समाज र युवाको भुमिका परिवर्तनलाई केन्द्रमा राखेर कार्य गरेको अध्यक्ष शर्माले जनाए । गरेको पोखरा जेसिज २०२४ का सचिव तिलक लामिछानेले बताए ।

जेसीआई सिनेटर एवम् स्वर्ण जयन्ति समारोहका संयोजक सुवास सिग्देलका अनुसार पोखरा जेसिजले रक्तदान जिवनदान शुरुवात, सराङकोटमा सुर्यदर्शन टावर एवम् वृक्षारोपण, गाउँहरुमा स्वास्थ शिविरहरु, मिस पोखराको सुरुवात, युवाहरुलाई विभिन्न नेतृत्व व्यकित्व विकास तालिम र व्यवसाय प्रवद्दनका लगायतका विभिन्न उदाहरणिय सामाजिक कार्यहरु गरिसकेको छ । पत्रकार सम्मेलनमा जेसीजका पूर्व अध्यक्ष एवं पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *