पोखरामा मोडिफाई गरिएका २ दर्जन मोटरसाइकल चालक कारबाही

0Shares

चाडपर्व नजिकिएसंगै कास्की प्रहरीले जिल्ला ट्राफिक प्रहरी कार्यालयको समन्वयमा मोडिफाइ मोटरसाइकल नियन्त्रण गर्ने अभियान चलाएको छ । आइतबार कास्की प्रहरीले मोडिफाइ गरिएका दुई दर्जन मोटरसाइकललाई नियन्त्रणमा लिएको छ । मोडिफाइ गरेका केही मोटरसाइकलहरु नियन्त्रणमा रहेको बताउँदै पहिलेकै अवस्थामा परिवर्तन गराएर अभिभावकको रोहबरमा बुझाउने प्रहरीका प्रवक्ता तथा डिएसपी श्रवणकुमार विकले जानकारी दिए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा प्रहरी वरिष्ठ नायव निरीक्षक शिवप्रसाद पाठकका अनुसार सबैभन्दा बढी मोडिफाइ गर्ने साधनमा क्रस फायर र बुलेट छन् । मोटरसाइकल मोडिफाइ गर्ने सवारी धनिलाई मात्रै नभएर ग्यारेजलाई समेत कानुनी कारवाहीको दायरामा उनले ल्याउने बताए ।

कारबाहीबाट पछिल्लो ४ आर्थिक वर्षमा कुल ५ करोड ६८ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको उनले जानकारी दिए । चालु आर्थिक वर्षमा ४ सय ४८ वटा मोटरसाइकललाई कारवाही गर्दा ३ लाख २७ हजार, रुपैयाँ संकलन भएको छ । यस्तै गत आर्थिक वर्ष २०७९÷०८० मा १ हजार ८ सय ४५ वटा मोडिफाइ भएका सवारीलाई कारवाही गर्दा २ करोड ६२ लाख ८ हजार ५ सय रुपैयाँ जम्मा भएको थियो ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *