प्रदेश सांसद विन्दुकुमार थापाको तलबभत्ता सामाजिक कार्यमा खर्च

0Shares

गण्डकी प्रदेश सभा सदस्य विन्दुकुमार थापाले प्रदेश सरकारबाट प्राप्त गरेको सबै तलबभत्ता सामाजिक कार्यमा खर्च गरेका छन् । उनले विभिन्न शिर्षकमा ११ लाख १२ हजार ६ सय ५ रुपैयाँ सहयोग गरेको शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । गण्डकी प्रदेश सरकारको पूर्व कानुन, संचार तथा प्रदेशसभा मामिला मन्त्री थापाले २०७९ पुस २५ गतेदेखि हालसम्म प्राप्त गरेको तलबभत्तामा थप गरी विकास निर्माण र सामाजिक कार्यमा खर्च गरेका हुन् ।

नेपाल प्रेस युनियन, कास्कीको समन्वयमा गरिएको पत्रकार सम्मेलनमा उनले प्रदेशको दोस्रो कार्यकाल सुरु भएपछि अहिलेसम्म वैठकभत्ता, मासिक पारिश्रमिक र अन्य सुविधासहित बैंक खातामा ८ लाख ९६ हजार १ सय ६० रुपैयाँ जम्मा भएको जानकारी दिए । त्यसमा २ लाख १६ हजार ४ सय ४५ रुपैयाँ थप गरी खर्च गरिएको नेपाली कांग्रेसको गण्डकी प्रदेशसभा संसदीय दलको उपनेता समेत रहेका थापाले बताए । खर्च सार्वजनिक गर्दै सांसद थापाले राजनीति आफ्ना लागि सेवा भएको र यसलाई पेशाको रुपमा नलिएको बताए । उनले गण्डकी सरकार प्रदेशको समृद्धि र विकासका लागि प्रतिबद्ध रहेको समेत उल्लेख गरे ।

सांसद थापाले बगाले कुल संरक्षण समितिको सामाजिक भवन बनाउन २ लाख रुपैयाँ सहयोग गरेका छन् । पोखरा २० को मौजा दलित समाज, मोहोरिया भुजेल समाज र आँटिघर दलित समाजका लागि सामाजिक कार्यका लागि आवश्यक सामाग्री खरिद गर्न १ लाख रुपैयाँ दिएका छन् । पोखरा ९ को विभिन्न स्थानमा सडक बत्ती जडान गर्नका लागि ४५ हजार रुपैयाँ सहयोग गरेका छन् । दीप यूनाइटेड क्लबलाई ४० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

सांसद थापाका अनुसार उनले जाजरकोट र रुकुमको भुकम्प प्रभावितलाई राहत पनि दिएका छन् । उनले ३७ हजार १ सय ५ रुपैयाँ राहत सहयोग गरेका हुन् । उनले नीजि घरमा धारा जडानका लागि पनि सहयोग गरेका छन् । जस अनुसार पोखरा १६ को कमला विक, हिरा विक, दिपा विक, मिठु नेपाली र माया नेपालीको घरमा धारा जडानका लागि ३५ हजार दिएका छन् ।
उनले पोखरा ८ एअरपोर्ट टोल विकास संस्थाको भवन निर्माण, पोखरा ११ को जन कल्याण क्लब, पोखरा ८ को फिर्के खानेपानी तथा ढल उपभोक्ता समिति, पोखरा ९ को चण्डिका मन्दिर निर्माण समिति, पोखरा ८ की क्यान्सर बिरामी लक्ष्मी छत्कुली, सर्भेययर्स सोसाइटी, कास्की, पोखरा १६ को हिमालय क्लब र जलारी समुह, कास्कीलाई २५/२५ हजार रुपैयाँ सहयोग गरेका छन् । पोखरा १६ को घर्ती पधेरा ठुलाटारीमा पाइप खरिदका लागि २४ हजार ५ सय, जाल्पादेवी महिला उद्धार समुहलाई धुप बनाउने तालिमका लागि २३ हजार, पोखरा १६ को जोगीमणी टोलमा खानेपानी पाइप खरिदका लागि २१ हजार रुपैयाँ सहयोग गरेका छन् ।

यसैगरी सांसद थापाले श्रृखंला क्लबको फुटबल प्रतियोगिता, रानीपौवा तायाः मचा नाँच समिति, पोखरा १६ को घुरकुना आमा समुह, पोखरा १६ कै सुकाले टोल, सोही वडाको हृययको आवाज महिला समुहलाई २०/२० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । यस्तै मण्टेश्वरी एशोसियशन कास्कीले आयोजना गरेको मण्टेश्वरी चाइल्ड ट्यालेण्ट शो २०८०, बालाकोट युवा क्लब, महाशिला पर्वत, पोखरा ११ को जगत जननी महिला समुह, पोखरा २० का क्यान्सर विरामी निर्मल बास्तोलालाई पनि सांसद थापाले १५/१५ हजार रुपैयाँ आर्थिक सहयोग दिएका छन् ।

यस्तै मानव सेवा आश्रममा गृह महिला श्रमिक संघ मार्फत बाटेको धुप बनाउने प्रशिक्षण, पोखरा ११ को राधाकृष्ण टोलको सामाजिक भवन निर्माण, पोखरा १६ को कान्तिया डाँडामा सडक बत्ती जडान, पोखरा २० को यूनाइटेड क्लब भलाम, पोखरा १६ की क्यान्सर रोग विरामी राधा गायक, पोखरा ८ को माफ पाम परिवार, पोखरा ४ को गोपालजी मन्दिर सेवा समिति, नेपाल अर्बुद रोग निवारण संघ, पोखरा १५ का क्यान्स रोग विरामी ओमबहादुर गुरुङलाई सांसद थापाले १०/१० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । विश्व हिन्दु महासंघ, नयाँ बजार साँस्कृतिक समितिको भैरव नाच र पोखरा ११ की मुटुरोग विरामी मिठु सर्किनीलाई सांसद थापाले ५/५ हजार रुपैयाँ सहयोग गरेका छन् ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *