लियो क्लव अफ पोखरा सेण्ट्रल टाउनको आयोजनामा माघको पहिलो साता पोखरामा +२ स्तरीय अन्तर विद्यालय एलिट ट्रफि क्रिकेट प्रतियोगिता हुने भएको छ । माघ ४ देखि ८ गते सम्म मालेपाटन खेल मैदानमा हुने प्रतियोगिताको सह–आयोजकमा पावरहाउस क्लासर्स र पोखरा फिनिक्स क्रिकेट क्लव रहेका छन् । मैदानको पिचमा कार्पेट विच्छाइने छ भने प्रतियोगिताका लागि रातो हार्ड टेनिस बल प्रयोग गरिने छ ।

युवा खेलाडीहरुको प्रतिभा प्रस्फुटनका लागि प्रतियोगिताको आयोजना गरिएको प्रतियोगिता संयोजक तथा लियो जिल्ला परिषद् ३२५ एम नेपाल एमका विभागीय अध्यक्षसुन्दर कार्कीले जानकारी दिए । क्लवले यसअघि दुई वटा प्रतियोगिताहरु आयोजना गरिसकेको भएपनि विद्यालय स्तरिय प्रतियोगिता पहिलो पटक आयोजना गरिएको उनले बताए ।
प्रतियोगिता उप–संयोजक दीपक क्षेत्रीका अनुसार प्रतियोगितामा पोखराका विभिन्न १४ वटा +२ विद्यालयहरूको सहभागिता जनाउने छन् । प्रतियोगितामा प्रथम हुने विद्यालयले नगद रु १० हजार तथा द्धितिय हुने विद्यालयले नगद ५ हजार सहित ट्रफि मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने पावरहाउस क्लासर्सका अध्यक्षसन्तोष खड्काले जानकारी दिए । त्यसैगरि उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र म्यान अफ द टुर्नामेन्टको लागि पनि छुट्टाछुट्टै पुरस्कारको व्यवस्था गरिएको खड्काले बताए । फ्यानहरूलाई मनपर्ने टोलीलाई ५ हजार ५ सय ५५ रुपैयाँले पुरस्कृत गरिने आयोजक क्लवले जनाएको छ ।
