रहेनन् कांग्रेसका पुराना र निष्ठावान नेता पौडेल

0Shares

नेपाली काँग्रेसका पुराना तथा निष्ठावान नेता खेमराज पौडेलको निधन भएको छ । पोखराको फेवासिटी अस्पतालमा उपचाररत ८१ वर्षिय पौडेलको आज विहान करीब ११ बजे निधन भएको पारिवारिक श्रोतले जनाएको छ । घाँटी र फोक्सो क्यान्सरबाट पीडित पौडेल लामो समयदेखि उपचाररत थिए । कास्कीको तत्कालिन पुम्दीभुम्दी गाविस र हाल पोखरा महानगरपालिका–२२ पुम्दी स्थायी घर भएका पौडेल हाल कांग्रेस महासमिति सदस्य थिए ।

स्वर्गिय पौडेलको आजै रामघाटमा अन्त्येष्टी गरिने पारिवारिक श्रोतले जनाएको छ । पौडेल कास्की–२ बाट पराजित उम्मेदवार हुन् । तत्कालिन पर्यटन मन्त्री रबिन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछी रिक्त कास्की–२ को उपचुनावमा उनी कांग्रेसबाट उम्मेदवार बनेका थिए । तर रबिन्द्र पत्नीसँग उनी पराजित भएका थिए । स्वर्गिय पौडेलकी श्रीमती, दुइ छोरा र दुई छोरी छन् ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *