राष्ट्रिय महिला फुटबल टिमले आज बंगलादेशसँग खेल्दै

0Shares

नेपालको राष्ट्रिय महिला फुटबल टिमले आइतबार बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ । एशियाडको तयारीमा रहेको नेपाली टोली गोलकिपर एन्जिला तुम्बापो सुब्बाको कप्तानी तथा अनन्त थापाको प्रशिक्षणमा बंगालादेशमा रहेको छ । नेपालले बंगलादेशमा दुई मैत्रीपूर्ण खेल खेल्ने कार्यतालिका अन्तर्गत आइतबार दोश्रो खेल खेल्न लागेको हो ।

यसअघी गत बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशसँग १–१ गोलको बराबरी खेलेको थियो । नेपालका लागि सावित्रा भण्डारीले दोस्रो हाफको इन्जुरी समयमा नेपालको तर्फबाट बराबरी गोल फर्काएकी थिईन् । यसअघि गत सेप्टेम्बरमा काठमाडौंमा भएको साफ महिला च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँग ३–१ ले हारेको नेपाललाई यसपटक बंगलादेशलाई उसैको मैदानमा स्तब्ध बनाउँदै बदला लिने अवसर जुरेको छ ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *