ल ग्रान्डीका बिबिएका विद्यार्थीद्वारा दृश्यम मिडियाको अवलोकन

0Shares

पोखराको रत्नचोकमा रहेको ला ग्रान्डीका बिबिए अन्तिम सेमेष्टरका विद्यार्थीहरुले नयाँबजारस्थित दृश्यम मिडिया प्रालिको अवलोकन गरेका छन् । सो अवसरमा विद्यार्थीहरुले प्रालिद्धारा सञ्चालित पोखरा पोडकाष्ट तथा दृश्यम मिडियाका अन्य समाचार मुलक सामग्रीहरुको बारेमा जानकारी लिएका थिए । उनीहरुलाई मिडियाका सम्पादक विनोद लामिछानेले पत्रकारीता र मिडिया सञ्चालन सम्बन्धि आफ्नों अनुभव बाँडे ।

सैद्धान्तिकसँगै व्यवहारिक ज्ञानलाई अभिवृद्धि गर्ने उद्देश्यले यस अवलोकन कार्यक्रमको आयोजना गरिएको प्राध्यापक दिपेन्द्र पहारीले बताए । विद्यार्थीहरुलाई मिडिया र व्यवस्थापनको अन्तरसम्बन्धका बिषयमा स्थलगत रुपबाटै अवलोकन गराउँदा झन् प्रभावकारी हुने पहारीको भनाई थियो । सो अवलोकनमा आएका विद्यार्थीहरुले पोडकाष्टसंग सम्बन्धित आ–आफ्ना जिज्ञासा पनि राखेका थिए । अवलोकनमा बिबिए अन्तिम सेमेष्टरका करिब २० जना विद्यार्थी सहभागि थिए ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *