सितापाईला सदाशिव सिद्धेश्वर हरिहर मन्दिरमा भक्तजनहरुको भिड

0Shares

पोखराको ऐतिहासिक, पुरातात्विक एवम् धार्मिक स्थल हो पोखरा १७ सितापाईलास्थित सदाशिव सिद्धेश्वर हरिहर मन्दिर जुन मन्दिरमा साउनका प्रत्येक सोमवार भक्तजनहरुको भिड लाग्ने गरेको छ । सेतीनदीको सिताघाटबाट स्नान गरि भक्तजनले ल्याइएको जल मन्दिर परिसरमा निर्मित एक सय आठ शिवलिङ्गमा चढाउनुको साथै हरिहरको दर्शन गरेर दिन भरि उपवास वस्ने प्रचलन रहेको छ ।

सेतीनदी र मन्दिरको दुरी लगभग एकसय मिटर मात्र रहेको छ । उक्त मन्दिर परिसरमा २२ लाख भन्दा बढीको लागतमा निर्मित १०८ शिवलिङ्ग र १०८ गौमुखे धारा निर्माणले यस क्षेत्रको धार्मिक महत्व बढनुको साथै साउन महिनामा भक्तजनको उल्लेखनिय सहागिता रहदै आएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र शर्मा भण्डारीले जानकारी दिनुभयो ।

साउन महिनाको अन्तिम सोमवार मन्दिरमा महाआरती र लाखेनाच समेत प्रदर्शन गरिने तयारी भई रहेको छ बताउँदै उहाले भन्नुभयो, यस क्षेत्रमा हुने प्रत्येक कृयाकलापले धार्मिक गतिविधि बढनुका साथै मन्दिरको आम्दानी बढेको छ । भक्तजनले स्वरुफुर्त सहयोग काटेको रसिदवाट साउन महिनामा ६८ हजार आम्दानी भएको थियो । दानवाकर र मन्दिर शिवलिङ्गमा चढाएको दान गणना भएको छैन । उहाँले भन्नुभयो,तत्कालिन कास्कीकोटका राजा कुलमण्डल शाहलाई सेतीनदीस्थित सिताघाटमा स्नान गर्ने क्रममा हरिहरको दर्शन प्राप्त भई सो क्षेत्र देवदेवीको बासस्थान भएको र आफु शिलाको रुपमा रहेको दिव्यवाणी भई खोज्ने क्रममा काप्mली गाईले दूध चढाई रहेको शिला भेटिएपछि उक्त पुण्येभूमिमा मन्दिर निर्माण गरि नित्य पुजा सञ्चालन हुँदै आएको किम्मदन्ति रहेको छ ।

मन्दिर निर्माण गरिएसंगै नित्य पुजा सञ्चालनका लागि पोखरा महानगरपालिका वडा नं. १७ पार्दी विरौटामा २९ रोपनी १२ आना गुठी जग्गाको व्यवस्था गरिएको विक्रम सम्वद १८६४ मा प्राप्त लालमोहरले पुष्टि गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र शर्मा भण्डारीले जानकारी दिनुभयो । हरिहरको दर्शन गर्दा आफुले सोचेको पुग्ने हुँदा प्रत्येक बर्ष माघे सङक्रान्तिका दिन लाग्ने ढुङ्गेसाँघु मेला, शिवरात्री, रामनवमी लगायताका विभिन्न पर्वको अवसरमा दर्शनार्थीको भिड लाग्ने गर्दछ । उक्त धार्मिक क्षेत्रमा १०८ शिवलिङ्ग र १०८ गौमुखे पानीका धारा निर्माणले थप आकर्षण बढेको उहाँको भनाई छ ।

अध्यक्ष भण्डारीले भन्नुभयो, सिताघाटमा स्नान गरि हरिहर मन्दिर, अकालादेवी, सिताको पाईला, राम मन्दिर , शिद्धेश्वर, लगायतका देवदेवीको वासस्थान रहेको यस पवित्र भूमिमा मानव फउण्डेशन नेपालले लगायतको सत कुण्डीय कोटिहोमको मुख्य होमन कुण्ड मन्दिर परिसरमा रहेको जुन कुण्डमा अहिले पनि नित्य होमन भई रहेको छ ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *