सुन तस्करी प्रकरणमा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा प्रहरी नियन्त्रणमा

0Shares

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । महरालाई कपिलवस्तुको मायादेवी गाउँपालिकाको पकडिबाट नियन्त्रणमा लिइएको प्रवक्ता प्रहरी नायव महानिरीक्षक भीम प्रसाद ढकालले जानकारी दिनुभयो ।
सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई आइतबार मुद्दा चलाउन सिफारिस गरेको थियो ।

त्यसै अनुसार कारबाही गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको थियो । यसअघि आयोगले महरासँग बयान समेत लिइसकेको थियो । उनका छोरा राहुल महरा भेपमार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका छन् ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *