सेतीमा माछा मार्न जाँदा वेपत्ता भएका मध्ये एकको शव भेटियो, अर्कोको खोजी जारी

0Shares

पोखराको सेती नदीमा डुबेर बेपत्ता भएका दुई जनामध्ये एक जनाको शव भेटिएको छ । आइतबार राती ९ः५० बजे पोखरा महानगरपालिका वडा नम्बर–१७ महतगौडास्थित सेती नदीमा माछा मार्न गएका ५ जनामध्ये २ जना चिप्लिएर डुबेका थिए । डुबेकामध्ये पोखरा–१ कसेरी ४० वर्षिय मंगा तामाङ्गको शव भेटिएको हो । कालिका गण कास्कीको गोताखोर टोली र विपद् उद्धार टिमसहितको फौजले शव फेला पारेको वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

अर्का ४३ वर्षिय रक्सेस तामाङ भने अझै बेपत्ता छन् । उनकोपनि सोमबार दिनभर खोजी गरिएपनि फेला पार्न नसकिएको डिएसपी श्रेष्ठले बताए । उनले भने,‘जानकारी पाएलगत्तैदेखि बेपत्ताको खोजी शुरु गरेका थियौं । खोज्ने क्रममा मंगा तामाङको शव सेती नदीको ढुगामा अल्झिएको अवस्थामा भेट्टायौं तर अर्का रक्सेसको भने खोजी जारी छ ।’ मृतक मंगाको शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।

माछा मार्न गएका पाँच जनामध्ये तीन जना भने सकुशल रहेको प्रहरीको भनाई छ । माछा मार्न भनेर गएका २८ वर्षिय कुमार तामाङ, ४१ वर्षिय समशेर तामाङ र ४७ वर्षिय रोहित कुँवर सकुशल रहेका हुन् । उनीहरुले नै बेपत्ता भएकाहरुको जानकारी दिएको र खोज्नपनि सघाएको डिएसपी श्रेष्ठले बताए । ‘हामी सुक्ष्म रुपमा अनुसन्धान गरिरहेका छौं । अनुसन्धान भइरहेकाले घटनाबारे अहिल्यै निश्कर्ष निकाल्न हतारो हुन्छ ।’

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *