बाघ मारेसंगै सकियो बाघजात्रा

0Shares

पोखरामा २३ वर्ष पछि आयोजित ऐतिहाँसिक बाघ जात्रा बाघ मारेसंगै समापन भएको छ । तीन दिने जात्राको अन्तिम दिन पोखरा रंगशालामा आयोजित भव्य समारोहमा बाघ मारिएको थियो । त्यसअघि थरिथरिका कलाकारहरुले पोखराका विभिन्न स्थानमा जात्रा देखाएका थिए ।

जात्रामा बाघ, राजारानी, छोटा राजारानी, राजाका सुरक्षा गार्डहरू, प्रधानमन्त्री, मन्त्री, यमराज, घोडासहित सेना, प्रहरी, कुमारी, लाखे र प्रजाहरु देखाइएको थियो । किंबदन्ती अनुसार बजार पसेको बाघले जनतालाई दुःख दिएपछि राजाले आफ्ना मन्त्री गण, सैनिक, जनता लगायत सबैको सहयोगमा बाघ मारेर हिंसाको अन्त्य गरिएको थियो ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *