दुई महिनामा दुई खर्ब २८ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०÷८१ को दास्रो महिना (भदौ) मा यो रकम बराबर रेमिटेन्स भित्रिएको हो ।
गत आर्थिक वर्ष २०७९÷८० को तुलनामा २२.१ प्रतिशत धेरै रेमिटेन्स भित्रिएको हो । गत आर्थिक वर्षको दोस्रो महिना एक खर्ब ८७ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको थियो । यो दुई महिनामा नयाँ गन्तव्यको लागि वैदेशिक रोजगारीमा जानेको संख्या गत वर्षको यही अवधिको तुलनामा भने घटेको छ । गत आर्थिक वर्षमा नयाँ श्रम स्वीकृतिमा जानेको संख्या एक लाख ३ हजार रहेकोमा यसपटक ७४ हजार ४ सय ५५ पुगेको छ ।
त्यस्तै, पुनः श्रम स्वीकृतिमा जानेको संख्या भने १८.३ प्रतिशतले घटेर ३२ हजार ४ मा सीमित भएको छ । गत वर्ष वैदेशिक रोजगारीमा जानेको संख्या सात लाखभन्दा धेरै पुगेको थियो। गत वर्ष बढेको यो संख्याकै कारण रेमिटेन्स भित्रिने दरमा वृद्धि देखिएको हो।
