डेंगुबाट जोगिन वडा १५ को आग्रह

0Shares

के हो डेंगु ? कसरी जोगिने यसबाट !

डेंगु लामखुट्टेको एक प्रजातीको टोकाइबाट सर्ने भाइरल रोग हो । एडिस (ब्भमभक) नामक लामखुट्टेका प्रजातीहरु बढ्दै गएको पाइएको छ र मानिसहरुको आवत जावत तथा देश भित्रिने क्रम बढ्नु पनि डेंगुको संक्रमण बढ्ने कारण बन्ने गरेको छ । एडिस लामखुट्टेको माध्यमबाट सर्ने डेंगु भाइरसको नेपालमा चार प्रजाति छन्, जसमध्ये डेंगु भाइरस –१ (म्भ्ल्ख्–ज्ञ) को संक्रमण अधिकांश रहेको छ ।


उत्पति
स्तनधारी जीव हुँदै मानिसमा सरेको अनुमान गरिएको डेंगुको उत्पति झण्डै ५०० देखि १००० बर्ष पहिले भएको अनुमान गरिएको छ । नेपालमा पहिलोपटक २००४ मा देखिएको यो रोग त्यसपश्चात विभिन्न उष्ण प्रदेशीय तथा उप–उष्णप्रदेशीय भागहरुमा तीब्रगतिमा फैलिएको छ । उष्ण प्रदेशहरुमा फैलिनुमा महत्वपूर्ण भुमिका खेल्ने तत्वहरुमा भारि वर्षा, तापक्रम, वायुको आद्रता, सहरीकरण तथा भेक्टरको रोकथाममा असमर्थ हुनु मुख्य छन् ।
पहलो पटक २००६ मा नेपालमा संक्रमण फैलिएको पाइएको थियो जसमा मनसुन पश्चातको समयमा तराइका विभिन्न भागमा गरि ३२ वटा संक्रमण भेटिएको थियो, जसमा चारवटै प्रजातीका भाइरस भेटियो । पछिल्लो ५ बर्ष यता संक्रमण संख्यामा उल्लेख्य वृद्धि आएको पाइएको छ र झापा, चितवन, रपन्देही महोत्तरी, कास्की, सुनसरी लगायत जिल्लामा बढ्दो संक्रमण रहेको पाइएको छ ।
सन् २०१९ मा अहिलेसम्मकै बढि १४६६२ संक्रमण देखियो जसअन्तर्गत ७७ मध्ये ६८ जिल्लामा संक्रमित भेटियो । विश्वमा यो रोगका कारण हुने मृत्युदर सरदर वार्षिक १ प्रतिशत भन्दा कम नै रहेको छ र सन् २०१९ मा नेपालमा यो रोगका कारण ६ जनाले ज्याज गुमाएका थिए ।

कसरी सर्छ ?
एडिस एजिप्टि नामको लामखुट्टेको पोथी प्रजाति डेंगुका प्रमुख भेक्टर हुन् । दिनमा मान्छेको रगत चुसेर बाँच्ने यो प्रजाति मानिसको शरीरको प्राकृतिक गन्धबाट आकर्षित भई धेरैमा रोग सार्ने क्षमता राख्दछन् ।

भेक्टरले टोकेपछि भाइरसलाई मानिसको रगतमा जम्मा गर्छ र मानिसको सरीरमा फैलिन्छ । रगत खाइसकेपछि यसले ताजा पानी जम्मा गरेको भाँडाकुँडा खोजेर अण्डा पार्ने गर्छ ।
एउटा पानिको स्रोतमा १०० देखि २०० सम्म अण्डा पार्न सक्छ भने एकपटकमा कैयौं स्रोतमा अँडा जम्मा गर्छ । यसका अँडा नीर्जलीकरण प्रतिरोधात्मक भएकाले यस भेक्टरको जनसंख्या तीब्र गतिमा बढिरहेको छ ।
संक्रमित व्यक्तिको रगत चुस्दा भाइरस नबोकेको लामखुट्टेमा भाइरस पसि संक्रमण प्रकृया बढाउन सक्छ । एकपटक संक्रमण भएपछि मानिसमा त्यस प्रजातिको भाइरसबाट जीवनभरलाई इम्युनिटि मिल्छ । तसर्थ ४ प्रजातिका भाइरसले एक व्यक्तिमा ४ पटक संक्रमण गर्न सक्छन् ।

लक्षण के के हुन ?
डेंगु लागेको २–७ दिनमा यस रोगका लक्षणहरु देखिन थाल्छन् । जसमा उच्च ज्वरो (१०४ डिग्रि फ्यारेनहाइट) प्रमुख लक्षण हो । साथसाथै अन्य लक्षणहरुमा टाउको दुख्ने, मांसपेसि दुख्ने, आँखाको पछिल्लो भाग दुख्ने, वाकवाक लाग्ने, वान्ता आउने, ग्रन्थी सुन्निने आदी हुन्छन् ।
विश्व स्वास्थ्य संगठनले डेंगुलाई डेंगु र जटिल डेंगुमा विभाजन गरेको छ । सामान्य लक्षण तथा स्वयं सिमित भएर जाने रोगलाई डेंगु भनेको छ र चेतावनीमुलक लक्षण देखिनेलाई जटिल डेंगु भनेको छ । संक्रमणको ३–७ दिनपछिको समयमा ज्वरो कम हुदै गएर चेतावनीमुलक लक्षण देखिन सक्छ । जुन कतिपय घातक हुन सक्छ ।
यी लक्षणहरुमा धेरै पेट दुख्ने, वान्ता भइरहने, गिंजाबाट रगत बग्ने, पेट तथा छातीमा पानी जम्ने, छटपटि हुने आदी पर्दछन् ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *