दशैं बिदा सकियो, चलायमान बन्दै पोखरा, खुल्दै सरकारी कार्यालय

0Shares

दशैंका लागि दिइएको सरकारी बिदा सकिएसंगै कर्मचारीहरु आजदेखि आफ्नों नियमित कामकाजमा खटिंदै छन् । ६ दिने दशैं बिदा सकिएसँगै आजबाट कार्यालय खुल्न लागेका हुन् । दशैंका अवसरमा फुलपातिदेखि हिजो द्वादशीसम्म ६ दिन सार्वजनिक विदा रहेको थियो । दशैं विदा सकिएसँगै विभिन्न जिल्ला तथा गाउँबाट कर्मथलो फर्कनेहरुको संख्या बढेको छ ।

दशैंमा सुनसान बनेको पोखरामा फेरी चहलपहल बढ्न थालेको छ । यहाँ अस्थाई रुपमा बसोबास गर्नेहरु दशै मनाउन गाउँ फर्किएसंगै पोखरा सुनसान देखिएको थियो । अब भने बजार, पशल तथा सबैखाले उद्योगहरु पुन सञ्चालनमा आउने र पोखरा फेरी चलायमान देखिने छ ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *