जाउलाखेल आहा ! रारा पोखरा गोल्डकपको सेमीफाइनलमा

0Shares

सोमबार मनाङ मस्र्याङ्दी क्लब र थण्डरबोल्ड नर्थ युनाईटेड क्लब सिक्कीम प्रतिष्पर्धामा उत्रिने आयोजक सहारा क्लव पोखराका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए ।

जाउलाखेल यूथ क्लव सहारा क्लव पोखराले आयोजना गरेको २५ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाईजलाई ३–० ले पराजित गर्दै जाउलाखेल पोखरा गोल्डकपको अन्तिम चारमा पुगेको हो । चर्च ब्वाईजका गोलकिपर दिप कार्कीको गल्तीलाई उपयोग गर्दै जाउलाखेलका धर्बेन्द्र कुँवरले गोल गरेका हुन् । उनले विपक्षी गोलकिपरबाट रिबाउण्ड भएको बललाई सिधै जाली चुमाए ।

पहिलो गोलबाट उत्साहित बनेको जाउलाखेलले ८८ औं मिनेटमा अग्रता दोब्बर बनायो । जाउलाखेलका लागि विदेशी खेलाडी निकालोस ओडाने ह्यामिल्टनले गोल गर्दै अग्रता दोब्बर बनाएका हुन् । चर्च ब्वाईजले तेस्रो गोल भने अतिरिक्त समयमा बेहोर्यो । जाउलाखेलका सुजन गुरुङले गोल गर्दै आफ्नो टिमलाई फराकिलो जित दिलाए । पहिलो हाफ गोलरहित भएको खेलमा दोस्रो हाफमा भने जाउलाखेल हाबी भयो । दोस्रो हाफमा आक्रामक रणनीति अप्नाएको जाउलाखेलले दोस्रो हाफ शुरु भएको तेस्रो मिनेटमै गोल गर्दै अग्रता बनाएको थियो ।

हिमश्री फुड्स प्रालिको मुख्य प्रायोजनमा भइरहेको आहा ! रारा पोखरा गोल्डकपको तेस्रो क्वाटरफाइनल खेलमा सोमबार मनाङ मस्र्याङ्दी क्लब र थण्डरबोल्ड नर्थ युनाईटेड क्लब सिक्कीम प्रतिष्पर्धामा उत्रिने आयोजक सहारा क्लव पोखराका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए । प्रतियोगिताको उपाधि बिजेताले १४ लाख १ हजार रुपैयाँ र उपविजेताले ७ लाख १ हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *