उत्तरकाशी नदीमा आएको बाढीका कारण १७ नेपाली बेपत्ता

0Shares

भारतको उत्तराखण्डस्थित उत्तरकाशी जिल्लामा पर्ने खिरगंगा नदीमा मंगलबार दिउँसो आएको बाढीका कारण १७ नेपाली बेपत्ता भएका छन् । यसैविच बाढीले ठुलो जनधनको क्षति पुगेको भन्दै प्रधानमन्त्री केपी ओलीले दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले बाढीमा १७ जनाभन्दा बढी नेपाली नागरिक बेपत्ता भएको खबरले चिन्तित तुल्याएको प्रधानमन्त्री ओलीले बताएका हुन् । 

उनले बाढीमा फसेका नेपालीको उद्धारका लागि दूतावास मार्फत तत्काल कूटनीतिक छलफल भएको जानकारी समेत दिएका छन् । सरकारले भारतसँग समन्वय गर्दै नेपाली नागरिकको उद्दार र सुरक्षा प्राथमिकतामा राखेर काम गरिरहेको प्रधानमन्त्रीको भनाइ छ । बाढिपहिरोमा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडामा रहेका परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस भन्ने कामना प्रधानमन्त्री ओलीले गरेका छन् । 
 

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *