धादिङ केन्द्रबिन्दु भएर भूकम्प ६.१ म्याग्निच्युडको भूकम्प

0Shares

आज बिहान धादिङको खरी आसपास केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको छ । बिहान ७ बजेर ३९ मिनेटमा खरी आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का पोखरामा पनि महशुस भएको थियो ।

भूकम्पबाट क्षति भए नभएको हालसम्म कुनै विवरण प्राप्त भएको छैन । भूकम्पको धक्का धादिङ, काठमाडौँ, गोरखा, नुवाकोट, कास्कीसहित देशका विभिन्न जिल्लाहरूमा महसुस भएको थियो । बिहान ठूलो धक्कासहित भूकम्प गएपछि राजधानीका सर्वसाधारण घरबाहिर निस्केका थिए ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *