पेट्रोलियम पदार्थको मूल्य बढ्यो

0Shares

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले मंगलबारराती १२ बजेदेखि लागु हुने गरी पेट्रोलको मूल्यमा प्रतिलिटर ५ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर १४ रुपैयाँले बढाएको हो ।

मूल्य वृद्धिसँगै पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १ सय ६४ रुपैयाँ ५० पैसा कायम भएको छ । यही साउन १६ गते नेपाल आयल निगमले पेट्रोल प्रतिलिटर ९ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर ७÷७ रुपैयाँ बढाएको थियो । खाना पकाउने एल.पी ग्यासको भने मूल्य बढेको छैन ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *