बडादशैंको आज नवौं दिन महानवमी, नवदुर्गा भगवतीको पूजा गरेर मनाईदै

0Shares

नेपालीको महान चाँड बडादशैंको आज नवौं दिन, महानवमी पर्व धुमधामका साथ मनाईंदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने यस दिन नवदुर्गा भगवतीको विशेष पूजा आरधना गरेर मनाईन्छ । महानवमीका दिन दुर्गा पूजालगायतका कार्य गरिन्छ । आजपनि दशैंघर र कोतलगायत विभिन्न देवी मन्दिर र शक्तिपीठमा बलिसहित विशेष पूजा तथा दुर्गा सप्तशती ९चण्डी०, श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ ।

पशुबलि नदिने र शाकाहारीहरुले भने महानवमीका दिनमा कुभिण्डो, घिरौँला, मुला, काँक्रो र जटा नरिवलसमेत बलि दिने गर्दछन् । कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि पनि दिने गरिन्छ ।
नवरात्रीको अन्तिम दिन भोलि बिजयादशमी हो ।

भोलि घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । र मान्यजनको हातबाट टीका ग्रहण गर्ने गरिन्छ । महानवमीका अवसरमा कोतहरूमा हर्षबढाइँका साथ कोतपूजा र निशानापूजा गरिन्छ । यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरूमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन छ ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *