खिलाङका महिलाहरुलाई तीन दिने उद्धघोषण तालिम

0Shares

मादी गाउँपालिका वडा नं. १ खिलाङका महिलाहरुलाई ३ दिने नेतृत्व विकास तालिम प्रदान गरिएको छ । वडा नं. १ को आयोजनामा बुधबार देखि सुरु भएको उक्त तालिम औपचारिक रुपमा शुक्रबार सम्पन्न भएको हो । समापन कार्यक्रममा बोल्दै वडा नं. १ का वडाध्यक्ष देविजंग गुरुङले ग्रामिण क्षेत्रका अधिकांश महिलाको दिनचर्या चुलोचौको र घरधन्दामै वित्ने गरेको र त्यहि दैनिकीलाई माथी उठाएर नेतृत्वदायी भुमिकामा सक्षम बनाउन प्रयास स्वरुप ३ दिने तालिमको आयोजना गरिएको बताए ।

उनले वडा नं. १ का वडाबासीले आफुलाई जिताएर पठाएकोले वडा भित्रका हरेक समस्याको सम्बोधन गर्नु आफ्नो कर्तव्य भएको बताए । उनले अवसर,सम्भावना र सेवालाई समान रुपले वडा भित्रका प्रत्येक समुदाय र भुगोलमा पु¥याउन हरपल पर्यत्न गरिरहेको बताए । साथै उनले आगामी दिनमा महिलाहरुका लागि मात्र नभई पुरुषहरुका लागि पनि जनचेतना तथा नेतृत्व विकास तालिम आयोजना गर्ने बताए । सोही अवसरमा खिलाङ आमा समुहका अध्यक्ष सुकुनादेवी गुरुङले आफ्नो परिचय भन्न पनि लजाउने खिलाङका महिलाहरुको समस्यालाई सम्बोधन गरि ३ दिने नेतृत्व तालिम आयोजना गरेकोमा धन्दवाद दिनुका साथै आगामी दिनहरुमा सिपमुलक तालिमहरु पनि प्रदान गर्न आग्रह गरिन् । उनले खिलाङका महिला मेहनती र सिपयुक्त भएकोले यसलाई व्यवसायसंग जोड्न आवश्यक रहेको बताईन् ।

सोही अवसरमा ६९ वर्षकी चिज कुमारी गुरुङले सुरुको दिनमा जीवनमै पहिलो पटक अगाडी आएर माईक समाएर बोल्दा डर लागेको तर अहिले आफ्नो परिचय सम्म भन्न सक्ने आत्मविश्वास बढेकोमा खुसि व्यक्त गरिन् । त्यसैगरि अर्का प्रशिक्षार्थी रविना विकले महिलाहरु बोल्न नसक्दा घरेलु हिंसा,सामाजिक हिंसा,लैङगिक हिंसाको शिकार हुने भएकोले तालिमबाट हामी आफ्ना कुरा व्यक्त गर्ने सक्ने हुनुपुर्दछ भन्ने महसुस भएको बताईन् । दलित र गुरुङ समुदायका गरि ५० जना भन्दा बढी सहभागी महिलाहरुलाई दुर्गा रानामगर र कविता घर्तीमगरले प्रशिक्षण दिएका थिए ।समुहका सचिव डिलमाया गुरुङले सञ्चालन गरेको समापन कार्यक्रममा वडा सदस्य प्रेम बहादुर गुरुङ,माया भुजेल लगाएतको उपस्थिती रहेको थियो ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *