गण्डकी प्रदेश टेनिस संघको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

0Shares

गण्डकी प्रदेश टेनिस संघको तेस्रो वार्षिक साधारण सभा शनिबार पोखरामा सम्पन्न भएको छ । साधारण सभामा बोल्दै नेपाल टेनिस संघका अध्यक्ष मनोहरदास मुलले गण्डकी टेनिसले नेपाली टेनिस खेलको विकासका लागि महत्वपूर्ण कार्यक्रमहरु अघि सारेको भन्दै प्रशंसा गरे । उनले नेपालको टेनिस खेललाई अझै विस्तार गर्न सम्भव भएका जिल्लाहरुमा कम्तिमा एक–एक वटा कोर्टहरु निर्माण गर्नेतर्फ संघले योजना बनाएको जनाउँदै गण्डकी टेनिसले सुरुवात गरेको जुनियर टेनिसका लागि आफ्नोतर्फबाट एक जनालाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

त्यसै गरी पोखरा महानगर वडा नं १५ का अध्यक्ष तोरण बहादुर बानियाँले गण्डकी टेनिसले टेनिस विकासको अभियानमा महत्वपूर्ण योगदान दिएको उल्लेख गर्दै आफ्नो तर्फबाट जुनियर टेनिस प्रशिक्षण कार्यक्रमका लागि नगद २५ हजार दिने घोषणा समेत गरे ।

गण्डकी प्रदेश टेनिस संघका अध्यक्ष बिनोद कायस्थको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष कायस्थले जुनियर टेनिस प्रशिक्षण कार्यक्रमलाई अभियानको रुपमा अघि बढाउने योजना रहेको जनाउँदै उनीहरुलाई नेपाली टेनिसमा आवश्यक जनशक्तिको रुपमा समेत विकास गराउने बताए ।

दोस्रो वार्षिक साधारण सभामा संघका उपाध्यक्ष लोक बहादुर गुरूङ, कास्की टेनिसका अध्यक्ष राज कुमार गुरूङले समेत आ–आफ्ना भनाई राखेका थिए । सो अवसरमा महासचिब नविन चालिसेले संघको प्रगती प्रतिवेदन तथा कोषाध्यक्ष प्रीती बरालले आय व्यय विवरण प्रस्तुत गरेका थिए ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *