जिल्ला प्रहरी कार्यालय कास्कीमा श्यामबाबु ओलिया आएका छन् । नेपाल प्रहरीले ४१ जना प्रहरी उपरीक्षकको सरुवा गरेपछि उनी कास्की आएका हुन् । प्रहरी महानिरीक्षक वसन्त कुँवरले सोमबार ४१ प्रहरी उपरीक्षकको सरुवा तथा काजसम्बन्धी निर्णय गरेका हुन् ।
यस अघिका कास्की प्रहरी प्रमुख मोहनकुमार थापा प्रहरी प्रधान कार्यालयमा सरुवा भएका छन् । उनको ठाउँमा उनी आर्थिक अपराधसम्बन्धी अनुसन्धानमा लामो अनुभव भएका प्रहरी अधिकारी हुन् ।
त्यसै गरी नेपाल प्रहरी प्रदेश कार्यालयक पोखरा कास्की अपराध अनुसन्धान शाखाका यादब ढकालको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीमा सरुवा भएको छ । तनहुँका एसपी अपिलराज बोहरा राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतमा सरुवा भएका छन् ।
