पोखरामा बुधबारदेखि दशैं कप टेनिस प्रतियोगिता

0Shares

कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा दशैं कप टेनिस प्रतियोगिता आयोजना हुने भएको छ । यही असोजको १६,१७ र १८ गते पोखरा रङ्गशालामा उक्त प्रतियोगिता हुन लागेको हो । नेपालीहरूको महान पर्वत विजयादशमीको अवसरमा टेनिस खेलाडीहरूबीच आपसमा शुभकामना साटासाट, भाइचारा सम्बन्ध अभिवृद्धि तथा स्वास्थ्यका लागि खेलकुद भन्ने उद्देश्य सहित प्रतियोगिता आयोजना गर्न लागिएको संघले जनाएको छ ।

प्रतियोगितामा भेट्रान्स डबल तथा जुनियर ओपन गरी दुई इभेन्टमा प्रतिस्पर्धा हुनेछ । भेट्रान्सतर्फ झण्डै २० टिम तथा जुनियर ओपनतर्फ २५ जना खेलाडीको सहभागिता रहने प्रतियोगिता संयोजक धर्मबहादुर लामिछानेले जानकारी दिए । जुनियरतर्फ १०,१२,१४ र १६ वर्ष मुनिका खेलाडीहरुलाई छुट्टाछुट्टै समुहमा प्रतिस्पर्धा गराइने छ ।

प्रतियोगिताको विजेता खेलाडीहरुले ट्रफी मेडल पुरस्कार प्राप्त गर्नेछन् । यसैबीच हालै राजधानीमा सम्पन्न टिम नेपाल टेनिस प्रतियोगितामा भाग लिई विभिन्न इभेन्टहरुमा पदक जित्न सफल पोखरेलीहरुलाई पनि सोही अवसरमा सम्मान गरिने संघले जनाएको छ ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *