फिलिपिन्समा भीषण वर्षा, बाढी र पहिरोका कारण ३० जनाको मृत्यु

0Shares

फिलिपिन्समा गत साता यता लगातार भएको भीषण वर्षा, बाढी र पहिरोका कारण हालसम्म कम्तीमा ३० जनाको ज्यान गएको छ । तीमध्ये १३ जनाको मृत्यु पुष्टि भइसकेको छ भने अन्यको पहिचान प्रक्रिया जारी रहेको फिलिपिन्सको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्ले जानकारी दिएको छ । 

यस्तै, सात जना अझै हराइरहेका छन् ।  केहीलाई आकस्मिक बाढीले बगाएको र केही पहिरोमा पुरिएको आशंका गरिएको अन्तर्राष्ट्रिय सत्तचार माध्यमले जनाएका छन् ।  घटनामा परी १० जना घाइते भएका छन् । बाढी पहिरोको कारण करिब १४ लाख ६० हजार परिवारका करिब ५३ लाख मानिस प्रभावित भएका छन् ।  

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *