नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । निगमले शुक्रबार एक विज्ञप्तिमार्फत पेट्रोल र डिजेलको मूल्य घटेको जनाएको हो । पेट्रोल र डिजेलको मूल्यमा प्रतिलिटर ३–३ रुपैयाँ घटेको छ ।
घटेको मूल्य शुक्रबार मध्यरातिदेखि लागु भएको छ । नयाँ मूल्यसूची अनुसार अब पेट्रोल प्रतिलिटर १६७ र डिजेल/मट्टितेल प्रतिलिटर १५७ रुपैयाँ पर्नेछ ।
पेट्रोल र डिजेलको मूल्य घट्यो
