१६ जना सीडीओको सरुवा

0Shares

गृह मन्त्रालयले १६ जना प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित २५ जना सहसचिवको सरुवा गरेको छ । बन्धुप्रसाद बास्तोलालाई झापा, शंकरहरि आचार्यलाई सुर्खेत, नारायणप्रसाद सापकोटालाई भोजपुर र हरिप्रसाद घिमिरेलाई उदयपुर सरुवा गरिएको छ ।
यस्तै, जनार्दन गौतमलाई तनहुँ, वीरेन्द्रकुमार यादवलाई गृह, हिरालाल रेग्मीलाई रौतहट, धर्मेन्द्रकुमार मिश्रलाई कैलाली, दिनेश सागर भुसाललाई पर्सा, युवराज कटेललाई गृह मन्त्रालय, विश्वप्रकाश अर्याललाई कपिलवस्तु, सुरेश पन्थीलाई नवलपरासी पश्चिम, सुनिता नेपाललाई स्याङ्जा, शशीधर घिमिरेलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

आनन्द काफ्लेलाई पाल्पा, प्रेमप्रसाद भट्टराईलाई मोरङ, भोला दाहाललाई गोरखा, नारायणप्रसाद अर्याललाई प्युठान, भरत खनाललाई सिन्धुली, महादेव पन्थलाई कसूरजन्य सम्पत्ति व्यवस्थापन विभाग, स्किम श्रेष्ठलाई गृह, झक्कुप्रसाद आचार्यलाई सिन्धुपाल्चोक र जयनारायण आचार्यलाई सुनसरीमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *