आँखा पाक्ने रोग देखिएपछि पोखराका संस्थागत तथा सामुदायिक विद्यालय बुधबारदेखि ३ दिन सम्म बन्द हुने भएको छ । आँखा पाक्ने रोगका कारण विद्यार्थी आउने क्रम घटेपछि पोखरा महानगरभित्रका संस्थागत २ सय ४३ र सामुदायिक २ सय ३ विद्यालय बन्द गर्ने निर्णय भएको महानगरको शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुबेदी जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी, शिक्षक अभिभावक संघ, नगर कमिटीका अध्यक्ष र शिक्षकहरूको छलफलपछि विद्यालय बन्द गर्ने निर्णय भएको उनले बताए । पोखराका धेरैजसो विद्यालयमा विद्यार्थी संख्या कम हुँदै गएको छ ।
