इन्धनमा पेट्रोलको मुल्य घट्यो, डिजेलको बढ्यो

0Shares

 पेट्रोलियम पदार्थको मूल्य समायोजन भएको छ । नेपाल आयल निगमले पेट्रोलको भाउ लिटरमा एक रुपैयाँले घटाएको छ भने डिजेल र मट्टीतेलको दुई रुपैयाँ बढाएको छ । खाना पकाउने एलपी ग्यासको भाउ भने यथावत् छ । निगमले तय गरेको मूल्य देशभरका विभिन्न ठाउँ अनुसार लागू हुनेछ ।

चारआली, विराटनगर, वीरगञ्ज, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढी क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १५६ रूपैयाँ ५० पैसा तथा डिजेल–मट्टीतेलको प्रतिलिटर १ सय ४७ रूपैयाँ ५० पैसा पर्नेछ । सुर्खेत र दाङ क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १५८ रूपैयाँ तथा डिजेल–मट्टीतेलको प्रतिलिटर १ सय ४९ रूपैयाँ पर्नेछ ।यस्तै, काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १५९ रूपैयाँ तथा डिजेल–मट्टीतेलको प्रतिलिटर १५० रूपैयाँ पुगेको छ ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *